दफा ४६
लिखतको प्रतिलिपि उपलब्ध गराउनु पर्ने

(१) मुद्दामा सरोकार भएको व्यक्ति वा निजको कानून व्यवसायीले अदालतमा पेश भएको फिरादपत्र, प्रतिउत्तरपत्र,पुनरावेदनपत्र, निवेदनपत्र, बादी वा प्रतिबादीले पेश गरेका प्रमाण सम्बन्धी लिखत वा फैसला लगायत मुद्दाकोमिसिल संलग्न कागजपत्रको प्रतिलिपि माग गरी निवेदन दिएमा अदालतले यथाशीध्र त्यस्तो लिखतको प्रतिलिपि उपलब्धगराउनु पर्नेछ।तर फैसलाको प्रतिलिपि जुनसुकै कानून व्यवसायीले लिन पाउनेछ ।
(२) उपदफा (१) मा लेखिए बाहेक कुनै सरकारी कार्यालय वा सङ्गठित संस्थामा रहेको लिखतमा आफ्नो सरोकार रहेकोव्यहोरा खुलाई लिखतको सरोकारवाला व्यक्तिले लिखतको प्रतिलिपि माग गरी सम्बन्धित कार्यालय वा सङ्गठितसंस्थामा निवेदन दिन सक्नेछ ।
(३) उपदफा (१) वा (२) बमोजिम कसैले प्रतिलिपि माग गरी दिएको निवेदनको व्यहोरा मनासिब देखिएमा सम्बन्धित सरकारीकार्यालय, सङ्गठित संस्था वा निवेदक आफैँले प्रतिलिपि सारी वा छाँयाप्रति बनाई लिने भएमा प्रतिपृष्ठ पाँचरुपैयाँ र सरकारी कार्यालय वा सङ्गठित संस्थाबाट नै प्रतिलिपि बनाई उपलब्ध गराउने भएमा प्रतिपृष्ठ दशरुपैयाँ दस्तुर लाग्नेछ ।
(४) उपदफा (३) बमोजिम प्रतिलिपि उपलब्ध गराउँदा सरकारी कार्यालय वा सङ्गठित संस्था वा निवेदकबाट माग भए बमोजिमप्रतिलिपि उपलब्ध गराइएको र सक्कल प्रति अनुरुप प्रतिलिपि रहेको व्यहोरा प्रमाणित गरी निवेदकलाई सोही दिनप्रतिलिपि उपलब्ध गराउनु पर्नेछ ।
(५) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कानून बमोजिम गोप्य राख्नु पर्ने वा सार्वजनिक गर्न नहुनेलिखत वा अदालतले सार्वजनिक नगर्न आदेश दिएको लिखतको प्रतिलिपि उपलब्ध गराइने छैन ।